१० वर्षीया निर्जलको औंला काट्नु पर्यो, शाहद्वारा सरकारसँग क्षतिपूर्ति माग
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिशेषप्रताप शाहले १० वर्षीया बालिका निर्जल चौधरीको उपचारमा सहयोग गर्न उर्जामन्त्री पम्फा भुसालसँग आग्रह गरेका छन् ।
बिहीबार बिहान सांसद शाहले उर्जामन्त्री भुसाललाई फोन गरेर चौधरीको उपचारमा सहयोग गर्न आग्रह गरेका हुन् । शाहले चौधरीलाई क्षतिपूर्ति दिन पनि मन्त्री भुसालसँग आग्रह गरेका छन् ।
सांसद शाहको आग्रहपछि मन्त्री भुसालले बिद्युत् प्राधिकरणको कृष्णानगर कार्यालयमा निवेदन दिन आग्रह गरेकी छिन् ।
निवेदन आएपछि आफूले क्षतिपूर्तिका लागि पहिल गर्ने आश्वानि दिएको सांसद शाहले जानकारी दिएका छन् ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. २ की १० वर्षीया बालिका चौधरीले घरमाथिबाट गएको बिजुलीको तारमा झुक्किएर समात्दा करेन्ट लागेको थियो ।
करेन्ट लागेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको हातको औलाहरू जलेर काट्नु परेको छ । चौधरीको घरको आर्थिक अवस्था पनि अत्यन्तै नाजुक छ ।
चौधरीको स्वास्थ्य अवस्था सामान्य रहे पनि उनको हातका औँलाहरू काटिएकाले भविष्यमा उनलाई समस्या हुनेछ ।
नेपाल विद्युत प्राधिकरणले मानव बस्ती भएको स्थानमा बिजुलीको तार लैजाने क्रममा जथाभावी छाड्ने र सुरक्षाका लागि कुनै उपाय नगर्दा धेरैको ज्यान जोखिममा पर्ने गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया