कास्कीमा कम्युनिस्टलाई धुलो चटाउन कांग्रेसद्वारा टोल कार्यसमितिहरू गठन
पोखरा । नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिका वडा नं ६ मा टोल कार्यसमिति गठन गरेको छ ।
भेलाले चाँसुमा रवि बराल, चिप्लीमा सुकबहादुर गुरुङ, राम्चेमा अनीष ढुङ्गाना, भूमेमा उत्तरसिंह गुरुङ, सयपत्रीमा गणेश गुरुङ र सजुक भेडीखर्कमा रमेश अधिकारी क्षत्रीको सभापतित्वमा टोल समिति गठन गरेको हो ।
नेपाली कांग्रेस कास्कीको माघ ८ गतेको बैठकले जिल्लाका सबै वडामा टोल समिति गठन गर्ने निर्णयानुसार सो वडामा पनि गठन गरिएको हो ।
समिति गठनका लागि कांग्रेसका सह–सचिव नविन सिग्देलको नेतृत्वमा प्रदेश अधिवेशन प्रतिनिधि सरिता कार्की लोभिसा, युवा नेता विशाल गुरुङको टोली पुगेको थियो ।
नेपाली कांग्रेस मादी गाउँपालिका वडा नं ६ का वडा कार्यसमिति सभापति भीमप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अधिवेशन प्रतिनिधि खिम जिसी, अग्रज नेता नन्दराज गुरुङ, युवा नेता विशाल गुरुङ, क्षेत्रीय प्रतिनिधि सुरेन्द्रजंग क्षेत्री र इकाई सचिव सन्तोष गुरुङले बोलेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया