कांग्रेस नेता खतिवडाको कुराले दुईजिब्रे कम्युनिस्ट नेताहरू नाङ्गिए
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले संविधानको कार्यान्वयन कांग्रेसले गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खतिवडाले कांग्रेसले संविधान ल्याएर जनतालाई अधिकार दिएको बताए । उनले संविधानको रक्षा गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य खतिवडाले राजनीतिक दलका नेताहरूमा राजनीतिक इमान्दारिता नरहेको बताएका छन् । उनले नेताहरूले आफ्नो बचन र बोलेका कुरामा अडिग रहन आग्रह गरे ।
एमसीसीतर्फ संकेत गर्दै कांग्रेस नेता खतिवडाले सत्ता र सडकमा नेताहरूको बोली फेरिएको बताए ।
‘जनता र सडकमा जाँदा अलग–अलग कुरा गर्ने कार्य अन्त्य हुनुपर्छ’, उनले भने, ‘सत्तामा हुँदा अर्को कुरा, सडकमा जाँदा अर्कौ कुरा गर्ने कार्य बन्द हुनुपर्छ ।’
एमसीसीका नाममा कम्युनिस्ट नेताहरूले दुईजिब्रे कुरा गरेका छन् । खतिवडाले जे कुरामा पनि एउटै अडान लिएर बोल्नुपर्ने बताए ।
नेता खतिवडाले पार्टी खोल्ने र पार्टीका नाममा व्यापार गर्ने काम बन्द हुनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया