एमसीसी संसदमा पेश भएर राम्रो भयो, नेताहरुको दोहोरो चरित्र देखियो : राजकिशोर यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले एमसीसीलाई राजनीतिक रुपमा गिजोल्न नहुने बताएका छन् ।
उनले भने, ‘एमसीसीलाई राजनीतिक रुपमा धेरै गिजोलियो । गिजोल्नु हुने थिएन । एमसीसी सदनमा पेश भएको छ । राम्रो भएको छ । अन्तर्राष्ट्रिय छवि बिग्रनबाट जोगिएको छ ।’
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले एसीसीको पक्षमा जसपा जाने बताए । उनले भने, ‘हाम्रो पार्टीले एसीसीका विषयमा आधिकारिक निर्णय गरेको छैन । तर, हामी एमसीसीको पक्षमा जान्छौं ।’
नेता यादवले क्षणिक रुपमा मुलुकलाई दुर्घटनामा पार्ने कार्य उचित नरहेको बताएका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र एउटा, जनतामा अर्को कुरा गर्ने कार्य उचित नहुने बताए ।
यादवले दोहोरो चरित्र देखाउन नहुने बताए । व्यक्तिगत स्वार्थ पूरा हुँदा एउटा र स्वार्थ पूरा नहुँदा अर्को कुरा गर्ने कार्य उचित नभएको नेता यादवले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया