देउखुरीको कठाहामा एमाले–माओवादीका १०० कार्यकर्ता कांग्रेसमा प्रवेश
कठाहा । दाङको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका– २ कठाहा एमाले र माओवादी केन्द्रका एक सयभन्दा धेरै स्थानीय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार कठाहामा आयोजित टोल कार्यसमिति गठन गर्न आयोजित कार्यक्रममा एमाले–माओवादीका एक सय कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस नेता एवम् गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, दुर्योधन पाण्डेसहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
चैनकुमार चौधरीको नेतृत्वमा उनीहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
राप्ती गाउँपालिकाको वडा नं. २ अन्तर्गत कठाहा टोलमा कांग्रेसको टोल कार्यसमिति पनि गठन भएको छ ।







Published : Wednesday, 2022 February 16, 8:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया