प्रधानमन्त्रीज्यू संस्कार नभएका अराजक कम्युनिस्ट मन्त्रीलाई बखास्त गर्नुस्
काठमाडौं । तत्कालीन कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा महिला विद्यार्थीमाथि भएको घटनाबारे दिएको अभिव्यक्तिका कारण मन्त्री पद गुमाउनु परेको थियो ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले तामाङलाई मन्त्री पदबाट हटाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई यस पटक संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न दवाव परेको छ ।
नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री बनेका आलेले आफ्नो पदको ख्याल समेत नगरेर आमासँग जोडेर गालीगलौज गर्नुका साथै अपमानित हुने अभिव्यक्ति दिएका छन् ।
आलेको विगतमा विवादित व्यक्ति हुन् । उनी कम्युनिस्ट हुन् । कम्युनिस्ट भनेका अराजक, अमार्यादित र असंस्कारी हुन्छन् भन्ने उदाहरण आलेले दिएका छन् ।
प्रधानमन्त्री देउवाले आलेलाई राजीनामा गर्न निर्देशन दिनुपर्छ । होइन भने आलेलाई १२ घण्टाभित्र अपदस्थ गर्नुपर्छ ।
आलेका कारण नेपाली कांग्रेस नेतृत्वको सरकारको बद्नाम हुनेछ । आलेले कानून विपरीत व्यापारी, कर्मचारीलाई धम्काउने, अर्बौं रकम उठाउन, होटेल व्यवसाय बन्द गराउने, आफ्नालाई आर्थिक लाभ लिएर क्यासिनोको लाइसेन्स दिने जस्ता कार्य गरेर बद्नाम भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया