कांग्रेस सभापति हमालको पहलमा कालीमाटी–काठमाडौं रात्रि बस सेवा शुरू
तुलसीपुर । त्रि–सिद्देश्वरी राप्ती यातायात सेवा प्राइभेट लिमिटेडले सल्यान जिल्लाको कालीमाटीबाट रात्रि बस सेवा सञ्चालमा ल्याएको छ ।
नेपाली कांग्रेस तुलसीपुर उप–महानगरपालिकाका सभापति समेत रहेका प्रालिका अध्यक्ष सुरेश हमालले कालीमाटीबाट रात्रि बसको सेवा सञ्चालनमा ल्याएका हुन् ।
आइतबारबाट प्रालिको बसले यात्रु लिएर काठमाडौं जानेछ । काठमाडौंबाट यात्रु लिएर पुनः कालीमाटी आउनेछ ।
दाङ जिल्लाको पश्चिम र सल्यान जिल्लाका सो क्षेत्रका यात्रुलाई काठमाडौंसम्म जान र आउन सहज होस् भनेर बस सेवा सञ्चालन गरेको अध्यक्ष हमालले बताएका छन् ।
दाङ र सल्यान जिल्लाको सिमाना नजिकै पर्ने कालीमाटीबाट दिउँसो ३ बजे काठमाडौंका लागि रात्रि बस छुट्नेछ ।
काठमाडौंबाट कालीमाटीका लागि साँझ साढे ५ बजे रात्रि बस छुट्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया