चितवन, महोत्तरी र बर्दियाका एसपीहरू परिवर्तन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले चितवनमा एसपी नवराज अधिकारीको सरुवा गरेको छ । एसपी अधिकारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिझाएर चितवन हात पारेका हुन् । एसपी अधिकारीको विगतमा विवादमा परेका थिए ।
चितवनमा प्रचण्डकी छोरी रेणु दाहालले होबिन्द्र बोगटीलालाई लैजान खोजेकी थिइन् । अधिकारीले चिवतन पाएपछि एसपी बोगटीको सपना चकनाचुर बनेको छ ।
महोत्तरीको इञ्चार्जको जिम्मेवारी एसपी कृष्णप्रसाद पंगेनीले पाएका छन् । बर्दियाको इञ्चार्ज एसपी वीरेन्द्रबहादुर शाहीले पाएका छन् ।
ती जिल्लामा कार्यरत एसपीको एक वर्षको कार्यकाल पुगेकाले काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया