याक एण्ड यती होटेलले मन्त्री आलेलाई नाङ्गेझार बनायो
काठमाडौं । सस्तो लोकप्रियताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ८ वर्ष अगाडि नै बन्द भएको क्यासिनोमा बन्द गराएर आफै नाङ्गिएका छन् ।
मन्त्री आलेलाई सचिव महेश्वर न्यौपानेले गलत सूचना दिएका कारण नाङ्गिएका हुन् । मन्त्री आले होटेल याक एण्ड यतीको क्यासिनो र होटेललाई बिहीबार अचानक निर्णय गरेर बन्द गराएका थिए । आलेले होटेलको सम्पत्ति र चलअचल सम्पत्ति पनि रोक्का गरिदिएका छन् ।
४० वर्षभन्दा धेरै लामो इतिहाँस बोकेको पाँच तारे होटेल याक एण्ड यतीलाई रोयल्टी नतिरेको अभियोगमा मन्त्री आलेले बन्द गराएका थिए ।
होटेलका तर्फबाट काठमाडौंमा बुधबार पत्रकार सम्मेलन २०७१ सालमा बन्द रहेको क्यासिनोलाई मन्त्री आलेले ८ वर्षपछि बन्द गराएको जानकारी दिइएको छ । होटेलले क्यासिनो सञ्चालनका लागि इजाजत पत्र लिन निवेदन नै दिएको छैन ।
होटेल याक एण्ड यतीको क्यासिनोलाई पर्यटन मन्त्रालयले २०७१/०१/०५ गते खारेज गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
गलत तथ्यलाई आधार मानेर मन्त्री आलेले क्यासिनो खारेज गरेको होटेलको आरोप छ । मन्त्री आलेले अध्ययन नै नगरेर याक एण्ड यती होटेललाई बन्द गराएको भन्दै व्यवस्थापनले आपत्ति जनाएको छ ।
क्यासिनो सञ्चालन गर्दा वार्षिक ४ करोड तिर्नुपर्छ । ८ वर्ष अगाडि बन्द भएको क्यासिनोसँग मन्त्री आलेले कसरी ४२ करोड रोयल्टी मागेको हो भनेर होटेल व्यवस्थापनले प्रश्न गरेको छ ।
क्यासिनोको इजाजत पत्र एक वर्षको लागि जारी हुन्छ । प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने कानूनी व्यवस्था छ ।
होटेल याक एण्डमा ५ सय मजदुर कार्यरत छन् । होटेलमा पर्यटकहरू बसेका बेला मन्त्री आलेको मुढेबलमा होटेल बन्द गराएर राज्य आतंक मच्चाएका छन् ।
पाँचतारे होटेल बन्द गर्दा कस्तो छवि गयो ? भनेर प्रश्न उठेको छ । मन्त्री आलेका कारण आफूहरूलाई राज्यबाट अन्याय भएको व्यवस्थापनले जनाएको छ ।
क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाएको भन्दै आलेले काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एण्ड यती र नेपालगञ्जको ड्रिमल्यान्ड होटेल बन्द गराएका थिए ।
याक एण्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार दुई सय ५३ रुपियाँ बुझाउन बाँकी रहेको मन्त्री आलेको दाबी छ ।
नेपालगञ्जमा ड्रिमल्यान्ड होटेल र मिनी क्यासिनो सञ्चालन गरेको काठमाडौंको ह्याप्पी आवर प्रालिले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपियाँ रोयल्टी र दस्तुर तिर्न बाँकी रहेको दाबी छ ।
मन्त्री आलेले याक एण्ड यतीको पाँचतारे वर्गीकरण पनि खारेज गरेका छन् ।
पर्यटन विभागले याक एन्ड यती र ह्याप्पी आवरसँगै ओरियन्टल होटेल लिमिटेड, सेन्ट्रल मिडिया र रक इन्टरनेसनल क्यासिनोलाई पनि अल्टिमेटम दिएको थियो ।
ओरियन्टलले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख बक्यौता बुझाउन बाँकी थियो । उनीहरूले आधा रकम बुझाएका छन् ।
यसअघि १३ करोड रुपियाँ नतिरी अमेरिका उड्न लागेका एसएचएल म्यानेजमेन्टका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको थियो । विमानस्थलबाटै नियन्त्रणमा लिइएपछि बोल्सोभरले रोयल्टी तिरेका थिए ।
उनले ओसिपी एसियाको लगानीमा लाजिम्पाटस्थित सांग्रिला होटेल र भैरहवास्थित टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया