गृहमन्त्री खाणद्वारा अर्थमन्त्री शर्मालाई बोलाएर निर्वाचन लक्षित बजेटबारे छलफल
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गते घोषणा गरेका बेला गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनका विषयमा छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा खाण र शर्माबीच निर्वाचन लक्षित बजेटका विषयमा छलफल भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सह–सचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।
उनले सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको बताए ।
गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।
छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सह–सचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो ।
गृहमन्त्री खाणलाई अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे जानकारी गराएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया