जहाजको नोजलमा बसेका मान्छे जीवित फेला
पेरिस । दक्षिण अफ्रिकाबाट उडेको मालवाहक जहाजको नोज ह्विलमा मुनि लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले पक्राउ गरेको छ ।
एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा प्रहरीले पक्राउ गरेको हो । जोहेनस्वर्गबाट उडेको जहाजमा केन्याको नाइरोबीमा रोकिएको अनुमान गरिएको छ ।
पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ । पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।
जहाजमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घण्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ ।
अत्यधिक हावा र अक्सिजनको अभावमा पाङ्ग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुने गर्छ । एजेन्सी
Published : Monday, 2022 January 24, 9:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया