संविधानअनुसार चुनाव हुन्छ, कांग्रेस ५ वर्षको सरकार चलाउन आतुर छ : खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले संविधानको भावनाअनुसार चुनाव हुनुपर्ने बताएका छन् ।
शुक्रबार ट्वीट गर्दै पूर्वसांसद समेत रहेका युवा नेता खतिवडाले कांग्रेसल चुनावबाट जितेर आएर ५ वर्षको सरकार चलाउन आतुर रहेको बताएका हुन् । ‘संविधानको भावना अनुसार चुनाव गरौं’, उनले भनेका छन् ।
उनले कांग्रेसका लागि निर्वाचन सबैभन्दा ठूलो महत्व रहेको बताएका छन् ।
‘यो आम चुनाव नेपाली कांग्रेसको लागि अझै महत्वपूर्ण छ’, खतिवाले भनेका छन्, ‘अहिले बनेको सरकार मेहनतले होइन परिस्थितिले हो ।’
उनले भनेका छन्, ‘हामी अब ६/७ महिना सरकारमा रहनेभन्दा ५ वर्ष निरन्तर सरकार चलाउन चुनावको विकल्प छैन ।’
निर्वाचनलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले संविधानको भावनाभन्दा बाहिर कोही पनि जान नहुने बताएका छन् ।
कांग्रेस पार्टी मात्रै संविधानको रक्षक रहेको बताएका उनले संविधानको संरक्षणका लागि चुनाव उपयुक्त रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वा चुनाव भएर संविधान कार्यान्वयन हुने समेत दोहो¥याएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया