यी हुन् प्रधानसेनापति शर्मालाई कडा चुनौती दिने उप–रथी कार्की, हेडक्वाटरमा खैलाबैला
काठमाडौं । नेपाली सेनाका उप–रथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उप–रथीको पदावधि थप्न सिफारिस गरेको आरोप लगाउँदै कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका हुन् ।
कार्कीले उप–रथीको वरीयता क्रममा आफू एक नम्बरमा रहेको दाबी गरेका छन् ।
कार्की सेनामा कार्यरत सैनिक उच्च सैनिक अधिकृतको वरीयता क्रममा भने चौथो नम्बरमा पर्छन् ।
प्रधान सेनापति शर्माले कार्कीभन्दा कनिष्ठ दुई उप–रथीको पदावधि थप्नुपर्ने भन्दै पुस १६ गते रक्षा मन्त्रालयलाई पत्रचार गरेका छन् ।
सो सिफारिस गैरकानूनी र मनोमानी ढंगले गरिएको भन्दै कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका हुन् ।
पदावधि थपको विषयलाई लिएर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, समाध्यक्षलाई बोधार्थ गरी रक्षा मन्त्रालयमा गरिएको उजुरी निकै कममध्ये एक हो ।
सेनामा असन्तुष्ट पक्ष संगठनबाहिर गएर हारगुहार गर्नु राम्रो मानिँदैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया