दशैँको दुईदिन अगाडि सशस्त्र प्रहरीलाई शक्तिशाली सफलता, भ्यानभित्र मानिस तर्सिने कुरा

विराटनगर । मोरङ जिल्लामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीले शंकास्पद मानव हड्डी र मानव भ्यान नियन्त्रणमा लिएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राति सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डी जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी चालक फरार भएका थिए ।

भ्यान छाडेर चालक फरार भएपछि सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाको हड्डी जस्तो देखिने बस्तु १० वटा फेला परेपछि भ्यान समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएका उक्त हड्डीहरू रानी हेल्थ डेक्सका चिकित्सक मेडिकल अधिकृत कमलकिशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरीक्षण गरेको छ ।

बरामद भएका मानव हड्डी जस्तो देखिने बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुन सक्ने बताएका छन् ।

बरामद हड्डी तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको विज्ञप्तिमा उल्लेख छ ।

मावन हड्डी कुन प्रयोजनको लागि भ्यानमा ल्याइएको थियो खुलेको छैन । सो विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

Published : Thursday, 2021 October 7, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया