उत्तराखण्डका मुख्यमन्त्री धामी र कांग्रेस नेता शाहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुस्करसिंह धामीबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान उत्तराखण्डमा सांसद शाहले मुख्यमन्त्री धामीसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धका विषयमा कुराकानी भएको शाहले बताएका छन् ।

मुख्यमन्त्री धामी नेपाली मूलका हुन् । उनको पुख्र्यौली थलो सुदूरपश्चिम रहेको थियो ।

Published : Wednesday, 2021 October 6, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया