गुल्मी कांग्रेसको स्थानीय तहमा यस्तो छ नतिजा

तम्घास । गुल्मी जिल्लाका ९ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।

गुल्मीमा दुई नगरपालिका र १० वटा गाउँपालिका छन् । रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी छ ।

मुसीकोट नगर सभाापतिका लागि छबि भण्डारी र मोहन घिमिरे प्रतिस्पर्धामा छन् । मंगलबार मतदान भएको छ ।

कालीगण्डकी गाउँपालिकामा पार्टी सभापतिका रामप्रसाद न्यौपाने, गोविन्द गौतम र नीमबहादुर श्रीसबीच प्रतिस्पर्धा भएको छ । रेसुङ्गा नगरपालिकामा सहमतिको प्रयास भइरहेको छ ।

मदाने गाउँपालिकाको सभापतिमा महेन्द्र कुँवर, मालिका गाउँपालिकाको सभापतिमा उप्रेन्द्र अर्याल, इस्मा गाउँपालिकाको सभापतिमा कृष्ण रिजाल चयन भएका छन् ।

धुर्कोट गाउँपालिकाको सभापतिमा हरिबहादुर थापा, गुल्मीदरबार गाउँपालिकाको सभापतिमा प्रेम पुन, छत्रकोट गाउँपालिकाको सभापतिमा धातान्नद भुसाल चयन भएका छन् ।

रुरुक्षेत्र गाउँपालिकाको सभापतिमा देवेन्द्र मल्ल, सत्वति गाउँपालिकाको सभापतिमा विष्णु भण्डारी र चन्द्रकोट गाउँपलिकाको सभापतिमा विष्णुप्रसाद भण्डारी चयन भएको कांग्रेस गुल्मीले जनाएको छ ।

Published : Wednesday, 2021 October 6, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया