महाधिवेशनको उर्जाले निर्वाचनमा कांग्रेसको जित सुनिश्चित छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनको क्रममा कार्यकर्ताहरूमा अपूर्व उत्साह र ऊर्जा आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ र नुवाकोट जिल्लाका वडा तथा गाउँ/नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवम् क्षेत्रीय प्रतिनिधिको सम्मानमा मंगलबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले महाधिवेशनले कांग्रेसलाई चलायमान बनाएको बताए ।

उनले महाधिवेशनको उत्साह र ऊर्जाले आउँदो चुनावमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी हुने बताए । उनले कांग्रेसलाई विजयी बनाउन पनि आग्रह गरेका छन् ।

डा.महतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण साथीहरूमा देखिएको उत्साहले नेपाली कांग्रेसलाई वैचारिक रुपमा सबल, संगठित, अनुशाशीत र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा संकल्प पूरा गर्ने आत्मविश्वास बढाएको छ ।’

सह–महामन्त्री डा.महतले अधिवेशनको क्रममा वडा, गाउँ/नगर, क्षेत्र र जिल्लामा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी, क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिहरूलाई बधाइ दिएका छन् ।

उनले काठमाडौं जिल्ला क्षेत्र नं. ५ र नुवाकोटबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई विजया दशमीको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको बताएका छन् ।

Published : Tuesday, 2021 October 5, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया