कांग्रेसका मल्लले विकासका लागि बजेटको खोलो बगाएपछि पर्वतमा एमालेहरू मुर्छित

लामाबगर । नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले सडकका लागि ४० करोड बजेट केन्द्र विनियोजन गराएका छन् ।

गाउँपालिकाका अध्यक्ष मल्लले पर्वत जिल्लाको बेनीदेखि मल्लाज–माझफाँट–लेखफाँट हुँदै सालिजा–नागी–राम्चे जोड्ने सडकका लागि ४० करोड रुपियाँ विनियोजना गराएका हुन् । मल्लको आग्रहपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सडक निर्माणका लागि वजेट विनियोजन गरिदिएको हो ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले जनतालाई विकास र सडक शिलान्यासका नाममा भ्रम फैलाएर अलपत्र पारेका बेला कांग्रेस नेता मल्लले प्रधानमन्त्री देउवा, मुख्यसचिव शंकरदास बैरागीमार्फत बजेट विनियोजन गराएका हुन् ।

मल्लको पहलमा सडकका लागि बजेट विनियोजन भएर आएपछि एमालेका अरिँगालहरूले छन्नभाँती भन्न थालेका छन् । कांग्रेसले विकासको मूल फुटाउने गरेर पर्वतमा काम शुरु गर्नेवित्तिकै विकास विरोधी एमालेलाई छट्पट्टी भएको छ ।

कांग्रेस नेतृत्वको सरकारसँग पहुँच रहेका युवा नेता मल्लसँग पर्वतका एमालेका नेताहरू रिसले डाह गर्छन् । मल्लसँग एमालेका नेताहरूलाई सबैभन्दा ठूलो तनाब छ । मल्लविरुद्ध एमालेजनहरू सक्रिय भएर लाग्ने गरेको आरोप छ ।

अध्यक्ष मल्लले मल्लाज–लेकफाँट–नांगी सडकमा यसै आर्थिक वर्षको बजेटमा ४० करोड रूपियाँ विनियोजन भएको बताएका छन् । उनले कात्तिक महिनाभित्रमा टेण्डर आह्वान हुने मल्लले बताएका छन् ।

जलजलाको वडा नं. २, ३ र ४ को मोहनचोक जोड्ने तेर्सोबाटोको लागि २० करोड र पर्वत–बेनीका युवाहरूको स्वरोजगार तथा एकीकृत वस्ती संरक्षणका लागि २ करोड रूपियाँ विनियोजन भएको छ । अध्यक्ष मल्लले बजेट क्रमागत भएकाले १० करोड पुग्ने दाबी गरेका छन् ।

कांग्रेसका युवा नेता मल्लले कम्युनिष्टहरूले जनतामा भ्रम सिर्जना गरेर लुटेर खानपल्केको आरोप लगाएका छन् । गफ र सामाजिक सञ्जालमा लेखेकै भरमा बजेट नआउने भन्दै बजेट ल्याउन पहल गर्नुपर्ने मल्लले बताए ।

Published : Monday, 2021 October 4, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया