कञ्चनपुरमा एमाले–माओवादी–राप्रपाभित्र पहिरो गयो, लेखकद्वारा कांग्रेसमा स्वागत

दोधारा । कञ्चनपुर जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले एमाले, माओवादी र राप्रपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

दोधरा चाँदनी नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेता लेखेकले विभिन्न दल परित्याग गरेका ३ सयभन्दा धेरै नेता कार्यकर्तालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

नवप्रवेशीहरूले कम्युनिस्टको पछाडि लागेर आफूहरूले धोका पाएको भन्दै कांग्रेसले मात्रै देश विकास गर्ने बताएका छन् ।

नेता लेखकले नवप्रवेशीहरूलाई पार्टीमा समान व्यवहार गरिने बताए । उनले पार्टीमा सम्मानजनक हिसाबले क्षमतानुसार जिम्मेवारी दिने प्रतिबद्धता जनाएका छन् ।

नेता लेखकले दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्टहरूले देश राम्रोसँग चलाउन नसकेको बताएका छन् । उनले एमालेले जनमतको उपेक्षा गरेर देश र जनतालाई धोका दिएको आरोप लगाएका छन् ।

स्थिरता र विकासका लागि कांग्रेसको आवस्यकता भएको भन्दै नेता लेखकले लोकतान्त्रिक ब्यवस्था जोगाउन सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको बताएका छन् ।

Published : Monday, 2021 October 4, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया