भारतीय कांग्रेसकी महासचिव प्रियंका पक्राउ
नयाँदिल्ली । किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रियंकालाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको छ । सोमबार बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सीतापुरको हरगाउँबाट प्रियंकालाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले प्रियंकालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले महासचिव प्रियंकालाई लखनउमा रोक्न खोजेको थियो । केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो ।
प्रियंका प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढेर लखिमपुर खिरी प्रस्थान गरेकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया