भारतीय कांग्रेसकी महासचिव प्रियंका पक्राउ

नयाँदिल्ली । किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रियंकालाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको छ । सोमबार बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सीतापुरको हरगाउँबाट प्रियंकालाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले प्रियंकालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले महासचिव प्रियंकालाई लखनउमा रोक्न खोजेको थियो । केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो ।

प्रियंका प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढेर लखिमपुर खिरी प्रस्थान गरेकी थिइन् ।

Published : Monday, 2021 October 4, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया