ठमेलको ‘एलओडी’ क्लवका मालिक गोरखा कांग्रेसबाट निर्वाचित

गोरखा । नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनबाट युवा व्यवसायी प्रेमकुमार खत्री महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

काठमाडौंको ठमेलमा रहेको सबैभन्दा ठूलो र आकर्षक क्लव ‘एलओडी’ (लर्ड अफ द ड्रिङस्)का मालिक (पार्टनर) समेत रहेका खत्री गोरखाको क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । खत्रीले खुलातर्फबाट उम्मेदवारी दिएका थिए ।

खत्रीले ५८५ मत पाएका छन् । सभापति शेरबहादुर देउवा निकट मानिने खत्री पर्यटन व्यवसायी हुन् ।

काठमाडौंमा खत्रीको अर्बौंको कारोबार छ । सानै उमेरमा व्यवसाय गरेर राम्रो पैसा कमाइ गरेका खत्रीले गोरखा जिल्लाका गाउँहरूमा एम्बुलेन्ससहितका सामग्री सहयोग गर्दै आएका छन् ।

खत्री शिक्षासेवी पनि हुन् । उनले गोरखाका विद्यालय र विद्यार्थीलाई बेलाबेला शैक्षिक सामग्रीहरू वितरण गर्दै आएका छन् ।

मिडियाबाट टाढा बस्न रुचाउन चाहने खत्रीले केही समय अगाडि गोरखाका अधिकांश स्थानीय तहलाई निजी खर्चमा एम्वुलेन्सहरू किनेर वितरण गरेका थिए ।

गोरखाको अधिवेशनका क्रममा कांग्रेसका अधिकांश नेताहरूले आफ्नो मोबाइल नम्बरसहितको प्रचार सामग्री बनाएर वितरण गर्नेदेखि सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

खत्रीले प्रचार सामग्री बनाए पनि आफ्नो फोन वा मोबाइल नम्बर राखेका थिएनन् । खत्रीले राजनीतिमा आउन चाहे पनि मोबाइल नम्बर कार्यकर्तालाई दिन रुचाउँदैनन् ।

Published : Sunday, 2021 October 3, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया