लोकप्रिय मतसहित गोरखा कांग्रेसबाट भण्डारी निर्वाचित, मतदातालाई दिए धन्यावाद

गोरखा । नेपाली कांग्रेसका युवा नेता सुरेन्द्र भण्डारी गोरखा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा शानदार मतका साथ विजयी भएका छन् ।

गोरखा क्षेत्र नं. २ को अधिवेशनमा भण्डारीले सबैभन्दा धेरै मत ल्याएर खर्स आर्यतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले ३११ मत पाएका छन् ।

भण्डारी नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पनि हुन् ।

यसैबीच, महाधिवेशनमा आफूलाई लोकप्रिय मत दिएर निर्वाचित गराएकोमा भण्डारीले मतदाताहरूलाई धन्यावाद दिएका छन् । उनले कांग्रेसका लागि आफूले इमान्दारिताका साथ काम गर्ने बताएका छन् ।

गोरखा क्षेत्र नं. २ को सभापतिमा गोविन्द गुरुङ सर्वसम्मत भएका छन् । सचिवमा शरद देवकोटा र रुपबहादुर गुरुङ चयन भएका छन् । सह–सचिवमा नारायाण धामी र राम गुरुङ चयन भएका छन् ।

क्षेत्र नं. २ को प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’को सभापतिमा नारायण गुरुङ र ‘ख’को सभापतिमा दिनेश खनखवास चयन भएका छन् ।

खुल्ला १० तर्फ

(१) प्रकाशचन्द्र दवाडी — ४३३ (२) पिताम्बर बडु — ४२६ (३) दीपकबाबु कंडेल — ४२१ (४) हरिबहादुर घले — ४११, (५) बेदप्रसाद काप्री — ३४९ (६) ओमबहादुर गुरुङ — ३१६ (७) ध्रुब पन्त — २९६ (८) सलाउदीन मियाँ — २९२ (९) मोहन प्रकाश पोखरेल — २६२ (१०) सुभाष अधिकारी — २५३

प्रत्यक्ष चार महिलातर्फ

(१) मनकुमारी गुरुङ — ३३२ (२) टिलु घले — ३२८, (३) शोभा अधिकारी — ३१५ (४) मीना अधिकारी — २७०

आदिवासी जनजाती महिलातर्फ

(१) इन्द्र गुरुङ — ४०८ (२) मसलिमाया थोकर — ३२१

आदीवासी जनजाती तीन अन्य

(१) अशोककुमार गुरुङ — ३१३ (२) नवीन श्रेष्ठ — २३९ (३) चेतमान श्रेष्ठ — २२८

दलित महिला

(१) पार्वती नेपाली — ३११

दलित १ अन्य

(१) दिनेश सुनार — ३६३

खस आर्य एक महिला

(१) रविकला खनाल न्यौपाने — ३७६

खस आर्य दुई अन्य

(१) सुरेन्द्र भण्डारी — ३११

(२) फडिन्द्र धिताल २५३

Published : Sunday, 2021 October 3, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया