राज्यमन्त्री श्रेष्ठको अर्को गतिलो काम, कम्युनिस्टहरू फेरि मुर्छापर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षभन्दा मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने बताएका छन् ।

आइतबार कान्ति बाल अस्पताल, महाराजगञ्जलाई चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने बताए ।

१८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको राज्यमन्त्री बताएका छन् ।

उनले ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले दशैंलगत्तै १ लाख फाइजर खोप आउने बताएका छन् ।

उनले फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने बताएका छन् ।

‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैंको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ’, उनले भनेका छन् ।

‘क्रमिक रुपमा देशभरि खोप लगाइने जानकारी गराउन चाहान्छु’, राज्यमन्त्री श्रेष्ठले भनेका छन् ।

श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

खड्गप्रसाद ओलीको अघिल्लो कम्युनिस्ट सरकारले कोरोनाविरुद्धको खोप ल्याउन सकेको थिएन । राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त भएपछि धमाधम खोप आएको छ । विदेशी सहयोगपनि आउन थालेका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयमा गरेको कामबाट कम्युनिस्टहरूलाई तनाब भएको छ । कम्युनिस्टहरू सरकार चलाउन र स्वास्थ्य मन्त्रालय चलाउन असफल भएका थिए ।

चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपियाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ ।

Published : Sunday, 2021 October 3, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया