राजकिशोर यादवद्वारा कांग्रेसकै सभापतिलाई जसपामा स्वागत

कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

नेता यादवले गृहजिल्ला सिरहाको कल्याणपुर नगरपालिका–५ चिकनामा शनिबार आयोजित कार्यक्रममा कांग्रेसक वडा सभापति प्रमोद यादव जसपामा भित्र्याएका हुन् । प्रमोद वडामा लोकप्रिय मानिन्छन् ।

कांग्रेस नेता यादवसहित सयौँ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई जसपामा अन्याय हुन नदिने पूर्वमन्त्री यादवले आश्वासन दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेता यादवले राजनीतिक नेतृत्वले इमान्दारिताका साथ जनताको सेवा गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘दल र दलका नेताहरूलाई जनताले राम्रोसँग चिनेका छन् । हामीले जनताका लागि काम गर्नुपर्छ ।’

नेता यादवले पछिल्लो समय जसपाप्रति जनताको आकर्षण बढ्नु स्वभाविक रहेको बताए ।

उनले अबको देशको वैकल्पिक राजनीतिक शक्ति जसपा नै रहेको बताएका छन् ।

जनताले साथ दिए मात्रै देशलाई समृद्ध बनाउने सपना पूरा हुने पूर्वमन्त्री यादवले बताएका छन् ।

कार्यक्रममा जसपाका नेता कार्यकर्ता र प्रदेश १ का प्रदेश सांसद सुरेशकुमार मण्डल , नेता रुपेश यादव, जिल्ला संयोजक रामलोचन ठाकुर स्वामी ‘वावा’, कल्याणपुर नगर अध्यक्ष रामबाबु यादव, कुशेश्वर पजियार लगायतका उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 October 3, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया