काठमाडौं कांग्रेसको शंखरापुर नगरमा श्रेष्ठको समूह निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनअन्तर्गत शंखरापुर नगरपालिकाको नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

नेता प्रकाशमान सिंह निकट मानिने श्रेष्ठको समूहले जित हासिल गरेको हो । शनिबार भएको निर्वाचनमा सभापतिका उम्मेदवार श्रेष्ठले ८६ मत ल्याएर निर्वाचित भएका छन् ।

सभापतिका उम्मेदवार सत्यमान लामाले ६८ मत ल्याएका थिए । लामा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

उप–सभापतिमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । सचिवमा रनबहादुर तामाङ र स्वयम्भू लाल श्रेष्ठ निर्वाचित भएका छन् । सह–सचिव पदमा श्रीराम लामिछाने र बसन्त थिङ निर्वाचित भएका छन् ।

Published : Saturday, 2021 October 2, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया