कम्युनिस्टको गढ प्यूठानमा भिडेर बसेका कांग्रेस नेता भट्टको निधन
खलंगा । नेपाली कांग्रेस प्यूठानका नेता एवम् नेपाल शिक्षक संघ प्यूठानका संस्थापक भवानीराज भट्टको निधन भएको छ ।
भट्टको ८० वर्षको उमेरमा निधन भएको कांग्रेस प्यूठानका क्षेत्रीय सभापति रोज राणाले जानकारी दिएका छन् ।
कम्युनिस्टहरूको दब्दबा रहेका बेला भट्टले प्यूठानमा कांग्रेसका लागि अडान लिएर बसेका थिए ।
प्यूठान जिल्ला कम्युनिस्टहरूको उत्पति भएको स्थान मानिन्छन् । कम्युनिस्टहरूसँग भिडेर भट्टले कांग्रेस निकटका शिक्षकहरूको संस्था बनाउन भूमिका खेलेका थिए । भट्ट शिक्षक संघ प्यूठानका संस्थापकमध्येका एक हुन् ।
क्षेत्रीय सभापति राणाले भट्टको निधनबाट प्यूठान कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । उनले स्व.भट्टले प्यूठान कांग्रेसमा पुर्याएको योगदानको सबैले चर्चा गर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया