कम्युनिस्टको गढ प्यूठानमा भिडेर बसेका कांग्रेस नेता भट्टको निधन

खलंगा । नेपाली कांग्रेस प्यूठानका नेता एवम् नेपाल शिक्षक संघ प्यूठानका संस्थापक भवानीराज भट्टको निधन भएको छ ।

भट्टको ८० वर्षको उमेरमा निधन भएको कांग्रेस प्यूठानका क्षेत्रीय सभापति रोज राणाले जानकारी दिएका छन् ।

कम्युनिस्टहरूको दब्दबा रहेका बेला भट्टले प्यूठानमा कांग्रेसका लागि अडान लिएर बसेका थिए ।

प्यूठान जिल्ला कम्युनिस्टहरूको उत्पति भएको स्थान मानिन्छन् । कम्युनिस्टहरूसँग भिडेर भट्टले कांग्रेस निकटका शिक्षकहरूको संस्था बनाउन भूमिका खेलेका थिए । भट्ट शिक्षक संघ प्यूठानका संस्थापकमध्येका एक हुन् ।

क्षेत्रीय सभापति राणाले भट्टको निधनबाट प्यूठान कांग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । उनले स्व.भट्टले प्यूठान कांग्रेसमा पुर्‍याएको योगदानको सबैले चर्चा गर्ने बताएका छन् ।

Published : Saturday, 2021 October 2, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया