हिमानीको ४५औँ जन्मदिनमा पारस छुटे

काठमाडौं । पूर्वयुवराज्ञी हिमान शाहले आफ्नो ४५औँ जनमदिन सामान्य तरिकाले मनाएकी छिन् ।

काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा हिमानीले जन्मदिन परिवारका सीमित परिवारका बीच मनाएकी हुन् ।

जन्मदिनको केक काट्ने क्रममा हिमानीसँग छोरा हृदयन्द्र शाह देखिएका छन् । नजिकै पूर्वराजा ससुरा ज्ञानेन्द्र शाह र पूर्वरानी सासु कोमल शाह पनि रहेका छन् ।

हिमानीको जन्मदिनको कार्यक्रममा पति समेत रहेका पूर्वयुवराज पारश शाह देखिएका छैनन् । तर, पत्नीले ४५औँ जन्मदिन मनाउँदै गरेको तस्विर आफ्नो फेसबुकबाट पारसले सार्वजनिक गरेका छन् ।

कोरोना महामारीका कारण पूर्वराज परिवारले घरमै सामान्य तरिकाले जन्मदिन मनाएको हो । हिमान पछिल्लो समय समाज सेवामा सक्रिय छिन् । हिमानीले एक हप्ता अगाडि जनकपुरधाम पुगेर सर्वसाधारणसँग भेटवार्ता गरेकी थिइन् ।

Published : Saturday, 2021 October 2, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया