बाग्लुङका ९ स्थानीय तहमा यी हुन् कांग्रेसका सभापतिहरू

बाग्लुङ । बाग्लुङ जिल्लाको ९ वटा स्थानीय तहहरूमा नेपाली कांग्रेसका सभापतिहरूसहितका कार्यसमिति र प्रतिनिधिहरू चयन भएका छन् ।

गाउँ/नगर अधिवेशनबाट बाग्लुङ नगरपालिकाको सभापतिमा उमाकान्त शर्मा ‘बाबु’ चयन भएको नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्रकुमार घर्ती मगरले जानकारी दिएका छन् । जैमिनी नगरपालिकाको सभापतिमा प्रेम सापकोटा चयन भएका छन् ।

काठेखोला गाउँपालिकाको सभापतिमा यमदत्त कँडेल चयन भएका छन् । ढोरपाटन नगरपालिकाको सभापतिमा धनबहादुर कायत, बडिगाड गाउँपालिकाको सभापतिमा कृष्ण गुरुङ र निसिखोला गाउँपालिकाको सभापतिमा सूर्यबहादुर घर्ती चयन भएका छन् ।

गलकोट नगरपालिकाको सभापतिमा वीरजंग भण्डारी, ताराखोला गाउँपालिकाको सभापतिमा कमलापती पाठक र तमानखोला गाउँपालिकाको सभापतिमा लीला छन्त्याल चयन भएका छन् ।

Published : Saturday, 2021 October 2, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया