कांग्रेस नेता बलबहादुर केसीको गृहजिल्लामा क–कसले जिते ?

केदार बस्नेत

सल्लेरी । सोलुखुम्बुका ८ वटा स्थानीय तहमा नेपाली कांग्रेसको नगरपालिका र गाउँपालिकाहरूको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा ४ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । ४ वटा स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । सोलुखुम्बु कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको गृहजिल्ला पर्छ । दुई वटा स्थानीय तहमा सभापति शेरबहादुर देउवा निकटका सभापतिले जितेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकाको सभापतिमा भक्त गुरुङ निर्वाचित भएका छन् । गुरुङसँग बलबहादुर बस्नेत ५४ मतले पराजित भएका हुन् ।

लिखुपिके गाउँपालिकामा सभापतिमा सुरज बस्नेत निर्वाचित भएका छन् । सुरजसँग मीना कार्की १६ मतले पराजित भएकी छिन् ।

नेचासल्यान गाउँपालिकाको सभापतिमा निरकुमार शर्मा कट्टेल निर्वाचित भएका छन् । कट्टेलसँग निरकुमार शर्मा ३० मतले पराजित भएका हुन् ।

महाकुलुङ गाउँपालिकाको सभापतिमा बलकुमार कुलुङ, सोताङ गाउँपालिकाको सभापतिमा कृष्ण कार्की, खुम्बु पासाङल्हामु गाउँपालिकाको सभापतिमा च्युङबा शेर्पा र माप्य दुधकोशी गाउँपालिकाको सभापतिमा नवीन कार्की सर्वसम्मत चयन भएका छन् ।

सोलुखुम्बु कांग्रेसका सभापति विनोदकुमार बस्नेतले वडा र गाउँपालिका तथा नगरपालिकाको अधिवेशन सौहार्दपूर्ण अवस्थामा सम्पन्न भएको भन्दै नयाँ कार्यसमितिलाई बधाइ र शुभकामना दिएका छन् ।

सोलु दुधकुण्ड नगरपालिकाको सभापतिमा सोनाम ग्ल्याजेन शेर्पा निर्वाचित भएका छन् ।

Published : Friday, 2021 October 1, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया