भारतीय विदेश मन्त्रालयका सह–सचिवद्वारा ६ वटा विद्यालयको उद्घाटन

काठमाडौं । भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तवले काभ्रेपलाञ्चोकमा हालसालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरूको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा एमालेका प्रतिनिधि सभाका सांसद गोकुल बास्कोटाको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयमा नेपाली रुपियाँ १९ दशमलव ७ करोडको लागतमा निर्माण भएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण सम्पन्न गरिएको छ ।

यसले २००० भन्दा बढी विद्यार्थीले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउनेछन् ।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

यी विद्यालयहरू पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन् । यसरी लाभान्वित हुने आठ जिल्लाहरू गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् ।

हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा सह–सचिव श्रीवास्तवले यी ६ वटा विद्यालयहरूले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए ।

उनले पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको बताएका छन् ।

सोही दिन काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो ।

स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।

स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । नेरु। ७ं।५ करोडमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको छ ।

उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५००० मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरू प्रदान गर्नेछ ।

Published : Friday, 2021 October 1, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया