ओलीले पेलेर राखेका यी ४४ उप–सचिवलाई देउवाले दिए न्याय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उप–सचिवहरूको सरुवा गरेको छ ।

सरुवा हुनेमा गृह मन्त्रालयका उप–सचिवहरू पनि छन् । १६ जनालाई विभिन्न निकायबाट गृहमन्त्रालय ल्याइएको छ ।

गृह मन्त्रालयका १६ जना उप–सचिवहरूलाई अन्यत्र सरुवा गरिएको सूचीमा उल्लेख छ ।

गृह मन्त्रालय बाहेकका १२ उप–सचिवको संघ, प्रदेश र स्थानीय तहमा सरुवा गरिएको छ ।

सरुवा हुनेमा एमालेको पालामा गृहसहितका मन्त्रालय र आकर्षक स्थानमा बसेर हालिमुहाली गरेका उप–सचिवहरू छन् । संघीय मन्त्रालयले कांग्रेस समर्थक भएकै कारण अवसर नपाएका उप–सचिवहरूलाई यस पटक अवसर दिएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले कांग्रेस समर्थक उप–सचिवहरूलाई आकर्षक स्थानबाट हटाएर एमाले समर्थक उप–सचिवहरूलाई सरुवा गरेर ल्याएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले योग्यता र क्षमता भएका उप–सचिवहरूलाई जिम्मेवारी दिएर न्याय दिएका हुन् ।

Published : Thursday, 2021 September 30, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया