अहँकारी एमाले र बालकोटले भेट्यो प्रदीप पौडेलको ‘दनक’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रमुख विपक्षी दल एमालेको पछिल्ला हर्कतको विरोध गर्दै चर्को आलोचना गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आह्वान गरिएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको सन्दर्भमा बिहीबार राति ट्वीट गर्दै कांग्रेस नेता पौडेलले एमाले र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको हर्कतको विरोध गरेका हुन् ।

‘सर्वदलीय बैठक बहिस्कार गर्ने, संसद अवरोध गर्ने, छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन’, पौडेलले भनेका छन् ।

‘म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसदबाट निकास खोज्नु बुद्धिमत्ता हो’, उनले भनेका छन्, ‘संसदको सर्वोच्चतालाई स्वीकार्ने नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ ।’

एमालेले सत्ताफुत्किएको आवेगमा प्रतिनिधि सभामा रिस पोख्दै आएको छ । आफ्ना १४ जना सांसदलाई कारबाही गर्नुपर्ने अडान राखेर एमालेले सदन अवरोध गर्दै आएको छ ।

एमालेको हर्कतले संसदबाट सरकारको महत्वपूर्ण विधेयकहरू अल्झिएर बसेका छन् । विगतमा एमालेले ५७ दिनसम्म संसद अबरोध गरेर औकात देखाएको थियो । ५७ दिनको संसद अवरोधको इतिहाँस दोहो¥याउन ओलीले खोजेका छन् ।

एमाले र ओलीलाई राजनीतिक सहमतिमा आउन, सम्वाद तथा सहकार्य आउन कांग्रेसका युवा नेता पौडेलले सुझाव दिएका छन् । पौडेलले एमालेका अध्यक्ष ओलीलाई अहँकार र दम्भ छाड्न पनि सुझाव दिएका छन् ।

Published : Thursday, 2021 September 30, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया