महन्थ ठाकुरका राम्रा नेताले पार्टी छाडे, तराईमै लोसपा कमजोर

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनमा दिएका छन् ।

बिहीबार लेखीले अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् । उनले लोसपालाई परित्याग गरेको घोषणा गर्दै नयाँ राजनीतिक यात्राको थालनी गर्ने जनाएका छन् ।

‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निणय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु’, लेखीले राजीनामा पत्रमा भनेका छन् ।

थारु आन्दोलनमा ऐतिहाँसिक भूमिका खेलेका नेता लेखीले लोसपा परित्याग गरे पनि कुन दलमा प्रवेश गर्ने हुन् केही भनेका छैनन् ।

लेखी जस्तो राम्रो नेताले लोसपा परित्याग गर्दा तराई मधेसमा महन्थ ठाकुरको दललाई ठूलो झट्का लागेको छ ।

स्रोतका अनुसार नेता लेखी एमालेमा प्रवेश गर्ने चर्चा छ । लेखी विगतमा पनि एमालेकै नेता हुन् । एमाले छाडेर थारु आन्दोलनमा सहभागी भएका थिए ।

Published : Thursday, 2021 September 30, 1:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया