महन्थ ठाकुरका राम्रा नेताले पार्टी छाडे, तराईमै लोसपा कमजोर
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनमा दिएका छन् ।
बिहीबार लेखीले अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् । उनले लोसपालाई परित्याग गरेको घोषणा गर्दै नयाँ राजनीतिक यात्राको थालनी गर्ने जनाएका छन् ।
‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निणय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु’, लेखीले राजीनामा पत्रमा भनेका छन् ।
थारु आन्दोलनमा ऐतिहाँसिक भूमिका खेलेका नेता लेखीले लोसपा परित्याग गरे पनि कुन दलमा प्रवेश गर्ने हुन् केही भनेका छैनन् ।
लेखी जस्तो राम्रो नेताले लोसपा परित्याग गर्दा तराई मधेसमा महन्थ ठाकुरको दललाई ठूलो झट्का लागेको छ ।
स्रोतका अनुसार नेता लेखी एमालेमा प्रवेश गर्ने चर्चा छ । लेखी विगतमा पनि एमालेकै नेता हुन् । एमाले छाडेर थारु आन्दोलनमा सहभागी भएका थिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया