यस कारण लोकप्रिय र बलियो छन् ललितपुर कांग्रेसको सभापतिमा सचिव महर्जन

लगनखेल । ललितपुर जिल्लामा रहेका ६ वटा स्थानीय तहको नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशन सम्पन्न भएसँगै ललितपुरको सभापतिमा नेताहरूको नजर परेको छ । सभापतिको दौडमा कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनको नाम अग्रपंक्तिमा नेता कार्यकर्ताले ल्याएका छन् ।

ललितपुरमा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका छन् । तीमध्य गोदावरी नगरपालिका, बागमती गाउँपालिका कोञ्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिका ललितपुर क्षेत्र नम्बर १ मा पर्छन् ।

ललितपुरमा १४ सय क्षेत्रीय प्रतिनिधि छन् । त्यसमध्ये क्षेत्र नं. १ मा मात्रै ६२५ क्षेत्रीय प्रतिनिधि छन् । यो क्षेत्रका नेता कार्यकर्ताको जिल्ला सभापतिको रोजाइमा कांग्रेसका युवा नेता महर्जन परेका हुन् ।

नेता कार्यकर्ताको नजरमा परेका महर्जन महासमिति सदस्य, खेलकुद विभाग केन्द्रीय सचिव, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, स्वर्ण पदक विजेता करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् ।

महर्जनलाई कांग्रेसको जिल्ला सभापति बनाउन स्थानीय नेता कार्यकर्ताले अभियान नै चलाएका छन् । प्रजातन्त्र स्थापनापछि ललितपुरको क्षेत्र नं. १ ले जिल्ला सभापति पाएको छैन । कांग्रेसको १४औँ महाधिवेशनमा ललितपुर– १ का कार्यकर्ताले जसरी पनि महर्जनलाई सभापति बनाउन लबिङ र प्रचार प्रसार थालेका हुन् ।

कार्यकर्ताका लागि हदैसम्मको सहयोग गर्न रुचाउने महर्जन युवाहरूका बीच लोकप्रिय मानिन्छन् । उनलाई अग्रज नेता कार्यकर्ताले पनि निकै रुचाउँछन् । नेता कार्यकर्ताको काम पर्दा महर्जन पहिलो पंक्तिमा उभिएर सहयोग गर्दै आएका छन् । सोही कारण पनि महर्जनलाई सभापतिमा खोजिएको हो । खेलकुदमा होस् वा कोरोना महामारी वा भूकम्पका बेला सबै आपत विपतमा महर्जनले सहयोग अभियान चलाइहाल्छन् ।

कार्यकर्तालाई पर्ने प्रशासनिक होस् वा अन्य समस्यामा महर्जनले सहयोग गर्दै आएका गर्छन् । कांग्रेसको संगठन निर्माण र कार्यकर्ता संरक्षण गर्ने बानीका कारण सभापतिमा महर्जनलाई जिताउन अभियान नै शुरु भएको छ ।

क्षेत्र नं. १ मा मात्रै होइन युवा नेता महर्जन ललितपुर जिल्लाभरि नै लोकप्रिय छन् । महर्जनलाई देशभरिका खेलाडी र युवाहरूले पनि रुचाउँछन् ।

महर्जन २०४६ सालदेखि निरन्तर राजनीतिमा सकृय छन् । २०४६ को दोस्रो जनआन्दोलन र २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनमा नेता महर्जनको सकृय भूमिका थियो ।

२०६२/६३ सालको आन्दोलनमा महर्जन काठमाडौं उपत्यका युवा परिचालन कमिटीको संयोजक थिए । उनले त्यस बेला आन्दोलनमा सयौँ युवाहरू परिचालन गरेका थिए । पार्टीको हरेक आन्दोलनमा नेता महर्जन विशेष भूमिका रहँदै आएका छन् ।

महर्जनले पार्टीभित्र गरेको योगदानका आधारमा राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनीत भएका थिए । महर्जन खेलकुद जगतका हस्ती नै हुन् ।

ललितपुरमा जिल्ला सभापतिका लागि धेरै नेताहरूले आकांक्षा देखाएका छन् । तीमध्य युवा नेता महर्जन सबै भन्दा बलियो उम्मेदवार मानिन्छन् ।

महर्जनलाई केन्द्रदेखि जिल्लाका नेताहरूको समेत दरिलो साथ रहेको छ । नेता महर्जन २०७४ सालको प्रदेश सभा निर्वाचन उम्मेदवार बनेका थिए । बिडम्बना अन्तर्घातका कारण महर्जनले झिनो मतले पराजित भएका थिए ।

नेपाली कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाण तरुण दलको केन्द्रीय अध्यक्ष हुँदा महर्जन तरुण दलको केन्द्रीय सदस्य थिए ।

युवा नेता महर्जन कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२औँ महाधिवेशनमा महासमिति सदस्य र १३औँ महाधिवेशनमा ललितपुर जिल्लाभरि सबैभन्दा बढि मत ल्याएर महासमिति सदस्य बनेका थिए ।

Published : Wednesday, 2021 September 29, 8:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया