स्वास्थ्य राज्यमन्त्रीलाई वैदेशिक रोजगार व्यवसायीद्वारा ६० लाखको मास्क हस्तान्तरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ६० लाख बराबरको कोभिड–१९ मा प्रयोग हुने सुरक्षित मास्क हस्तान्तरण गरेको छ ।

संघलाई अमेरिकन कम्पनीबाट सहयोग स्वरुप प्राप्त मास्क संघका तत्कालीन अध्यक्ष स्व.विष्णप्रसाद गैरेकी पत्नी लक्ष्मी गैरेमार्फत राज्यमन्त्री श्रेष्ठलाई मंगलबार हीतानतरण गरिएको महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए । १ हजार जान मास्क विभिन्न अस्पतालहरूमा वितरण गरिएको छ ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले संघको तर्फबाट उपलब्ध गराइएको मास्कले कोरोनाविरुद्धको अभियानमा थप मद्धत पुगेको बताएका छन् । उनले संघ र पदाधिकारीहरूलाई धन्यावाद दिएका छन् ।

कोभिड–१९ बाट बच्न लगाइने निकै सुरक्षित मानिएको यो मास्क स्वास्थ्य मन्त्रालय, प्रहरी अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताललाई हस्तान्तरण गरिएको छ ।

Published : Tuesday, 2021 September 28, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया