सुर्खेतमा तरुण अध्यक्ष विष्टद्वारा रानालाई आर्थिक सहयोग

वीरेन्द्रनगर । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता हरि विष्टले क्यान्सर रोगको उपचार गराइरहेका तीर्थबहादुर राना मगरलाई १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका– १ गैरीगाउँका मगरलाई विष्टले आर्थिक सहयोग गरेका हुन् । दैनिक गुजारा गर्न रानाले दैनिक ज्याला मजदुर गर्दै आएका थिए ।

राना बिरामी परेपछि उपचार खर्च र दैनिक गुजारा गर्न समस्या थियो । राना बिरामी भएको जानकारी पाएपछि नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका विष्टले व्यक्तिगत रुपमा सहयोग गरेको बताएका छन् ।

अत्यन्तै विपन्न परिवारका रानाले ४ महिनादेखि चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उपचार खर्चमा रानाले हालसम्म ६ लाख रुपियाँ खर्च गरिसकेका छन् ।

पित्तथैलीमा मासुपलाएको भनेर शल्यक्रिया गर्दा क्यान्सर रोगको लक्षण देखिएपछि उनको चितवनमा उपचार भइरहेको छ ।

रानाका श्रीमती र २ छोराछोरी छन् । राना बिरामी परेपछि छोराछोरीको पढाइ प्रभावित बनेको छ । दैनिक गुजारा गरेर खान पनि समस्या भएको तरुण अध्यक्ष विष्टले बताएका छन् ।

तरुण अध्यक्ष विष्टले गृहजिल्ला सुर्खेतका दीनदुःखीलाई सहयोग गर्दै आएका छन् । कोरोना महामारीका बेला होस् वा विभिन्न समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका विष्टले विपन्नलाई अस्पतालसम्म पु¥याएर आफैले खर्च दिने गरेका छन् ।

Published : Tuesday, 2021 September 28, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया