भारतबाट प्राप्त सहयोग कांग्रेस सभापति गुरुङद्वारा मनाङमा वितरण
चामे । नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले नेपालका लागि भारतीय राजदूतावासबाट प्राप्त सहयोगहरू वितरण गरेका छन् ।
सभापति गुरुङले मनाङ जिल्लाको चामे र तालमा बाढीपहिरोबाट समस्यामा परेका जनतालाई राहत वितणरण गरेका हुन् ।
भारतीय राजदूतावास लैनचौरले टेन्ट, त्रिपाल, म्याट्रेससहितका सामाग्री पूर्वमन्त्री गुरुङलाई उपलब्ध गराएको थियो ।
पूर्वमन्त्री गुरुङले कांग्रेसका नेताहरू र स्थानीयलाई राखेर ती राहत सामग्री वितरण गरेका हुन् ।
पूर्वमन्त्री एवम् सभापति गुरुङले व्यक्तिगत रुपमा पनि मनाङका बाढीपहिरो पीडितलाई राहत वितरण गरिसकेका छन् । उनले खाद्यान्न समेत वितरण गरेका थिए ।
आफ्नो व्यक्तिगत र साथीभाइहरूको सहयोगमा पूर्वमन्त्री गुरुङले मनाङमा लाखौँको खाद्यान्नसहितका सामग्री वितरण गरिसकेका छन् ।
मनाङ जिल्लालाई बाढीपहिरोबाट समस्याग्रस्त जिल्लाको सूचीमा राखेर सभापति गुरुङले विकासको शुरुवात समेत गरेका छन् ।
मनाङको समस्यालाई लिएर सभापति गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर जानकारी गराइसकेका छन् ।




बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया