ललितपुरमा यी हुन् कांग्रेसका स्थानीय तहका सभापतिहरू

जावलाखेल । ललितपुरको ६ वटा स्थानीय तहहरूमा नेपाली कांग्रेस सभापतिसहितको कार्यसमिति चयन भएको छ ।

ललितपुरमा ३ वटा गाउँपालिका, २ नगरपालिका र १ महानगरपालिका रहेको छ । गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी चयन भएका छन् । बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लोप्चन चयन भएका छन् । लोप्चन गाउँपालिकाको अध्यक्ष पनि हुन् ।

महाँकाल गाउँपालिकाको सभापतिमा खोमप्रसाद दहाल सर्वसम्मत सभापतिमा चयन भएका छन् ।

कोञ्ज्योसोम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने सभापतिसहितको कार्यसमितिका लागि निर्वाचन भएको थियो ।

कोञ्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापतिमा निर्वाचित भएका छन् । घलानले ४५ मत प्राप्त गरेका थिए । घलानका प्रतिद्वन्द्वी जीवन बलले ३७ मत प्राप्त गरेर पराजित भएका छन् ।

महालक्ष्मी नगरपालिकाको सभापतिमा दीवाकर सिलवाल ८२ मतसहित विजयी भएका छन् । प्रतिद्वन्द्वी सशील खड्का ८० मतसहित पराजित भएका छन् ।

ललितपुर महानगरपालिकाको सभापतिमा सुवानन ध्वाख्वा विजयी भएका छन् । ध्वाख्वाले २८२ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी गणेशभक्त श्रेष्ठले २२१ मतसहित पराजित भएका छन् ।

ललितपुर महानगर कार्यसमितिमा सबैभन्दा धेरै प्रतिनिधिले कांग्रेसमा प्रतिनिधित्व गर्छन् ।

Published : Tuesday, 2021 September 28, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया