बुद्ध एयरको जहाजमा आकाश मै खराबी, विराटनरमा अवतरण हुन सकेन

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण नगरेर काठमाडौं फर्किएको छ ।

सोमबार ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज आकाशमै छ ।

काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।

Published : Monday, 2021 September 27, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया