लोकमानलाई कालोमोसो दल्ने हिम्मत भएका शाही बने अध्यक्ष

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही सर्वसम्मत भएका छन् ।

पोखरामा सम्पन्न २२ औँ राष्ट्रिय सम्मेलनले शाहीलाई अध्यक्षमा अध्यक्षमा चयन गरेको हो । शाहीको नेतृत्वमा १ सय ५ सदस्यीय केन्द्रीय समिति बनेको छ ।

उपाध्यक्षमा नरेन्द्र बिक, महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढा मगर चुनिएका छन् । यसअघि अखिल क्रान्तिकारीको अध्यक्ष चिरञ्जीवी ढकाल रहेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नवनिर्वाचित पदाधिकारीलाई बधाइ र शुभकामना दिएका छन् ।

को हुन् शाही

दाङ जिल्लाको राप्ती गाउँपालिकाको नयाँबस्ती स्थायी घर भएका शाही माओवादीको भूमिगत राजनीति गर्दै आएका थिए । सशस्त्र द्वन्द्वका बेला उनको परिवार माओवादी आन्दोलनमा सक्रिय थियो । उनको परिवारलाई माओवादी भएकै कारण पटक–पटक सुरक्षाकर्मीको तनाब व्यहोर्नु परेको थियो ।

माओवादी विभाजन भएपछि विप्लव समूहतिर लागेका शाहीले नै सर्वोच्च अदालतको परिसरमा पुगेर तत्कालीन समयमा अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दलेका थिए । कालोमोसो दलको अभियोगमा पक्राउ परेका शाही पछि अदालतको आदेशपछि रिहा भएका थिए ।

सानै उमेरदेखि परिश्रम गर्दै आएका शाही गाउँकै सरकारी विद्यालयमा अध्ययन गरेका हुन् । शाही पार्टी संगठन र साथीभाईहरूका बीच इमान्दार कार्यकर्ता मानिन्छन् । शाहीको परिवार अहिले पनि सामान्य रुपमा जीवनयापन गर्दै आएको छ ।

Published : Monday, 2021 September 27, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया