झापाका स्थानीय तहमा को–को भए कांग्रेसका सभापति ?

दमक । झापा जिल्लामा १५ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ ।

कन्काइ नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाइँ चयन भएका छन् । मेची नगरपालिकामा सुदय पनेरु चयन भएका छन् ।

बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन् ।

झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् । दमक नगरपालिकामा प्रकाश प्रसाइँ सभापतिमा चयन भएका छन् ।

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् । बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्मा सभापतिमा चयन भएका छन् ।

भद्रपुर नगरपालिका समितिको सभापतिमा रामबहादुर कँडेल चयन भएका छन् । गौरादह नगरपालिकामा यादवराज सेढाइँ सभापतिमा चयन भएका छन् ।

शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत सभापतिमा चयन भएका छन् । हल्दिबारी गाउँपालिकामा गंगा प्रसाइँ सभापतिमा चयन भएका छन् ।

गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनुप्रसाद राजवंशी चयन भएका छन् । बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत सभापति चयन भएकी छिन् ।

कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् ।

झापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, नेतृ सरिता प्रसाइँ, विश्वप्रकाश शर्माको गृहजिल्ला पर्छ ।

Published : Monday, 2021 September 27, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया