नेपाल–चीन सीमा अध्ययन समितिले गृह मन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक गृह मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् ।

समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता गृहमन्त्री खाणको थियो ।

Published : Monday, 2021 September 27, 12:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया