मुस्ताङ कांग्रेसमा नेता थकालीले बनाए इतिहाँस

लेते । मुस्ताङ जिल्लाका पाँच वटा गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन् ।

थासांग गाउँपालिकाको सभापति रूपेश तुलाचन निर्विरोध भएका छन् ।

घरपझोंग गाउँपालिकाको सभापतिमा यामप्रसाद थकाली, बारहगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आंजिन गुरुङ निर्विरोध भएका छन् ।

लोघ्यकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेंडुप गुरुङ र लोमंथाङ्ग गाउँपालिकाको सभापतिमा छेवांग जिग्मी विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि मुस्ताङ जिल्लाका सबै वडा अधिवेशनमा सभापतिसहितको कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध भएका थिए ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीको गृहजिल्ला मुस्ताङमा कांग्रेसले सबै नेता कार्यकर्ताको चित्त बुझाएर निर्विरोध कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।

देशभरि कांग्रेसको अधिवेशनहरूमा कडा प्रतिस्पर्धा गरिरहेका बेला नेता थकालीले निर्विरोध कार्यसमितिहरू बनाउन भूमिका खेलेका हुन् ।

Published : Sunday, 2021 September 26, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया