गोरखाका ११ वटा पालिकाको कांग्रेस सभापतिमा क–कसले जिते ?
गोरखा । गोरखा जिल्लामा नेपाली कांग्रेसको ११ वटा नगरपालिका र गाउँपालिकाहरूमा अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको गोरखा कांग्रेसले जनाएको छ । केही स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।
गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन् । खत्रीसँग गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापा पराजित भएका छन् ।
पालुङटार नगरपालिकाको नगर सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । ढकालसँग अमर धिताल पराजित भएका छन् ।
चुमनुब्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ चयन भएका छन् । धार्चेमा सन्तोष गुरूङ, आरूघाटमा राजु गुरूङ, शहिद लखन गाउँपालिकामा काशीनाथ अम्गाईं, अजिरकोटमा जंगबहादुर गुरूङ, गण्डकीमा होमबहादुर राना, बारपाक सुलिकोट जीतबहादुर घले सभापति भएका छन् ।
सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भएका छन् । भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन् ।
प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया