गोरखाका ११ वटा पालिकाको कांग्रेस सभापतिमा क–कसले जिते ?

गोरखा । गोरखा जिल्लामा नेपाली कांग्रेसको ११ वटा नगरपालिका र गाउँपालिकाहरूमा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको गाउँ/नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको गोरखा कांग्रेसले जनाएको छ । केही स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।

गोरखा नगरपालिकाको नगर सभापति पदमा चन्दनबाबु खत्री विजयी भएका छन् । खत्रीसँग गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्षसमेत रहेका नगर सभापति पदका उम्मेदवार डिलबहादुर थापा पराजित भएका छन् ।

पालुङटार नगरपालिकाको नगर सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । ढकालसँग अमर धिताल पराजित भएका छन् ।

चुमनुब्री गाउँपालिका सभापतिमा सूर्य गुरूङ चयन भएका छन् । धार्चेमा सन्तोष गुरूङ, आरूघाटमा राजु गुरूङ, शहिद लखन गाउँपालिकामा काशीनाथ अम्गाईं, अजिरकोटमा जंगबहादुर गुरूङ, गण्डकीमा होमबहादुर राना, बारपाक सुलिकोट जीतबहादुर घले सभापति भएका छन् ।

सिरानचोक भक्तबहादुर गुरूङ गाउँपालिका सभापति भएका छन् । भीमसेन थापा गाउँपालिकामा नारायण भट्टराई सभापति भएका छन् ।

प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दै यही असोज १८ मा गोरखामा जिल्ला अधिवेशन गर्ने तयारी छ ।

Published : Sunday, 2021 September 26, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया