रत्ननगर कांग्रेसका युवा नेता सापकोटाको टिमलाई किन भोट दिने ?

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगर समिति, चितवनको सभापति पदमा युवा नेता प्रल्हाद सापकोटाले उम्मेदवारी दिएका छन् ।

सापकोटाले शनिबार रत्ननगरमा भएको निर्वाचन कार्यक्रममा सभापति पदमा उम्मेदवारी दिएका हुन् । मतदान आइतबार हुनेछ ।

सापकोटाले कांग्रेसलाई एकतावद्ध र बलियो पार्टी बनाउन आफूले उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘पार्टीलाई एकतावद्ध बनाउँदै रत्ननगरमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता नै मेरो उम्मेदवारी हो ।’

आफू नगर सभापति निर्वाचित भएपछि कुनै पनि दोहोरो भूमिका नरहने गरि काम गर्ने युवा नेता सापकोटाले बताएका छन् । उनले सभापतिमा निर्वाचित भएमा स्थानीय तहमा उम्मेदवार नबन्ने पार्टीले उपयुक्त र सक्षम नेतालाई टिकट दिइने बताएका छन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचनमा पराजित कांग्रेसको साखलाई आफू सभापतिमा निर्वाचित भएमा उचाइँमा पुर्‍याउने बताएका छन् ।

रत्ननगरका युवा, महिला, पुराना नेता एवम् सम्पूर्ण कार्यकर्ताहरूको भावना अनुसार आफूले उम्मेदवारी दिएको सापकोटाले बताएका छन् ।

सापकोटाको प्यानलमा उप–सभापतिमा केदारमान वाईबा र शिवकान्त पौडेल, सचिव वीरेन्द्र चौधरी, सह–सचिवमा अमृत मल्ल र गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन् ।

सदस्यमा सूर्यविक्रम चौधरी, निलु खतिवडा, देवराज महतो, सत्यनारायण चौधरी, दीपु श्रेष्ठ, सञ्जीव बस्नेत, जनार्दन सिंखडा, लक्ष्मी चौधरी, निरज अधिकारी, जितबहादुर सिंतान, हरि लामिछाने, सुनिता बगाले पौडेल, रामचन्द्र दुवाडी, रामकृष्ण पन्त लगायतले पनि उम्मेदवारी दिएका छन् ।

Published : Sunday, 2021 September 26, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया