सूर्यविनायकमा कांग्रेस नेता ढुंगेलको प्यानलद्वारा मनोनय दिर्ता, मतदान गर्न अपील

राधेराधे । नेपाली कांग्रेस भक्तपुरको सूर्यविनायक नगर अधिवेशन अन्तर्गत निशान ढुंगेलको प्यानलले आफ्नो उम्मेदवार दर्ता गराएको छ ।

शनिबार भएको निर्वाचन प्रक्रियामा नगर सभापतिमा ढुंगेलले उम्मेदवारी दर्ता गराएका छन् । ढुंगेल भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा निकट मानिन्छन् ।

ढुंगेलको प्यानलमा उप–सभापतिमा रमेश अधिकारी र रमण कायस्थले उम्मेदवारी दिएका छन् । सचिवमा सुमन न्यौपाने र विश्वराम थापा तथा सह–सचिवमा सुरेश केसी र अमिर ढुंगानाको उम्मेदवारी परेको छ ।

सभापति ढुंगेलको प्यानलबाट सदस्यमा विजय केसीसहितका नेताहरूले उम्मेदवारी दिएका छन् । सदस्यमा उम्मेदवार दिएका केसी शिक्षा विज्ञ पनि हुन् । शिक्षामा उनको ठूलो योगदान छ । सदस्यमा उम्मेदवारी दिएका केसीले ढुंगेल नेतृत्वको प्यानललाई विजयी बनाउन अनुरोध गरेका छन् ।

क्षेत्रीय प्रतिनिधिमा शशि बस्नेत र अम्बिका थापाले ढुंगेलको समूहबाट उम्मेदवारी दिएका छन् ।

सूर्यविनायक नगरको निर्वाचन आइतबार हुने निर्वाचन समितिले जनाएको छ । शनिबार सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम भएका छन् ।

Published : Saturday, 2021 September 25, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया