कर्मचारी संगठनका अध्यक्षसहित कार्यसमिति माओवादीमा प्रवेश, भताभुङ्ग भयो विप्लवको संगठन
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव समूह निकटको राष्ट्रिय कर्मचारी महासंघका कोषाध्यक्ष एवम् विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष हरिहर बस्नेतसहित अधिकांश पदाधिकारी र सदस्यहरू माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनमा प्रवेश गरेका हुन् ।
अध्यक्ष बस्नेतले विज्ञप्ति जारी गरेर समितिका अधिकांश पदाधिकारी र सदस्यहरू माओवादी केन्द्र समर्थित कर्मचारी संगठनमा एकताको भावनानुसार सम्मिलित भएको घोषणा गरेका छन् ।
विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारी र महासचिव लोकेन्द्र आरसीले विप्लव समूह छाडेर आएका नवप्रवेशीहरूलाई स्वागत गरेका छन् ।
सबै कर्मचारी साथीहरूलाई संगठनमा उपयुक्त जिम्मेवारी प्रदान गरिने अध्यक्ष तिवारीले बताएका छन् ।
बस्नेतले समाजवादी क्रान्ति पूरा गर्न सबै मार्क्सवादीहरू एकठाउँमा जुट्नुको विकल्प नरहेको बताएका छन् । उनले आफूहरू मूलघरमा फर्केको भन्दै बाँकी साथीहरूलाई पनि आउन आह्वान गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया