महिला संघकी सभापति नेपाल पनि वडामै पराजित, कांग्रेसका कार्यकर्ताद्वारा रिजेक्ट

बलेफी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ सिन्धुपाल्चोककी जिल्ला सभापति गीता नेपाल ढुंगाना नराम्रोसँग पराजित भएकी छिन् ।

बलेफी गाउँपालिकामा मंगलबार सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनमा सभापति नेपाल ढुंगानाले जम्मा ८ मत पाएकी थिइन् ।

क्षेत्रीय प्रतिनिधिका लागि नेपालसहित तीन जना महिला नेतृले उम्मेदवारी दिएका थिए ।

महिला संघकी सभापति नेपाललाई जित्ने महिला नेतृले ८२ भोट पाएकी थिइन् । नेतृ नेपाललाई पराजित गर्ने महिला नेतृ साधारण नेतृ हुन् ।

Published : Wednesday, 2021 September 22, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया