कञ्चनपुर क्षेत्र नं. ३ को सभापतिमा कांग्रेसका नेगीद्वारा उम्मेदवारी घोषणा
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा गणेशसिंह नेगीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नेगीलाई कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले समर्थन गरेका छन् । १०औँ महाधिवेशनदेखि निरन्तर वडाबाट प्रतिनिधि बनेर आएको बताएका नेगीले यस पटक क्षेत्रीय सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।
उनले भने, ‘मलाई क्षेत्रीय सभापतिमा केन्द्रीय सदस्य एनपी साउदज्यूको साथ र समर्थन छ । सबै क्षेत्रीय प्रतिनिधिहरूले मतदान गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।’
कञ्चनपुर क्षेत्र नं. ३ कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचिन क्षेत्र पर्छ । लेखकको तर्फबाट केशव चन्दले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
केन्द्रीय सदस्यद्वय लेखक र साउद सभापति शेरबहादुर देउवा निकटका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया