मुस्लिम आयोगले जनगणनामा सहयोग गर्ने, जागरण अभियान चलाउने

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लामा मुस्लिम समुदायकै गणक राख्न आग्रह गरेको छ ।

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले यस्तो आग्रह गरेको हो । उनले यसअगाडि वेबसाइटमा मुस्लिम र मुलसमान शब्द राखिएको भन्दै मुस्लिम शब्द मात्रै राख्ने निर्णय भएको जानकारी दिए ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अघिल्लो जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताएका छन् ।

उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्नेजस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको पनि बताएका छन् ।

अन्सारीले मुस्लिम आयोगले मुसलमानको बाहुल्यता रहेका जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टिमबीच सहकार्य गरेर घरदैलोमा जाने जानकारी दिए ।

अघिल्लो जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवाहरू छुटेको भन्दै यसपटकको जनगणनामा विदेश गएका युवाहरूलाई पनि समेट्न विभागलाई आग्रह गरेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीले तथ्याङ्क विभागका उप–महानिर्देशक हेमराज गिरीसहित मुस्लिम नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 September 20, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया